+
+
Shares

‘पुरानो चस्मा’मा नवविवाहित नेपाली जोडीको कथा

विजय थापा विजय थापा
२०७७ कात्तिक १ गते ८:२४

डिसी । अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्ने नेपालीहरुले महामारीको समयमा लघु चलचित्र ‘पुरानो चस्मा’निर्माण गरेका छन् । पुरानो चस्मामा अमेरिकामा बसोबास गर्ने नवविवाहित नेपाली जोडीको कथा समेटिएको छ ।

उनीहरुका बुबा–आमा अमेरिका भ्रमण गर्न आएपछि कथाले अर्को मोड लिने चित्रण गरिएको छ । चलचित्रमा कलाकारहरुको भूमिकामा सुमेश कुइँकेल ,अनिल पाण्डे, बिनिता ढकाल, सरोज खड्का, माया देवी कडरिया तथा निरु खत्री छन् ।

चलचित्रको सम्पादन उज्वल ढकालले गरेका छन् भने ध्वनी मिश्रण रिभेलेसन अडियो प्रालिले गरेको छ । कथा/आलेख विनय प्रसाद ढकालको छ भने निर्देशन विश्व शर्माको छ ।

अक्टोबर १६, २०२० का दिन लघु चलचित्र सार्वजनिक गरिएको छ । लघु चलचित्र १६ मिनेट ५१ सेकेन्डको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?