+
+
Shares

रुपन्देहीमा थप एक संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १ गते २०:०६

१, कात्तिक, बुटवल । रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-८ का ४९ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा मृत्यु भएको हो ।

असोज २७ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनको श्वास्थ्यमा समस्या आएपछि शनिबार अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा साँझ ६ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले पुष्टि गरे । मृतकमा कुनै दीर्घ रोग नरहेको डा. गौतमले बताए ।

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार रुपन्देहीमा कोरोेना संक्रमितको मृत्यु हुने संख्या ४८ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?