Comments Add Comment

कोरोनाको भ्याक्सिन उत्पादनमा छिमेकीसँग सहकार्य गर्दै भारत

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

२ कात्तिक, काठमाडौं । कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादनमा भारतले छिमेकी मुलुकसँगको सहकार्यलाई अगाडि बढाएको छ ।

कोरोना भाइरसको वर्तमान अवस्था र भ्याक्सिन उत्पादनमा भएको प्रगतीको समीक्षा सम्बन्धी एक बैठकलाई शनिबार सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले भ्याक्सिनको परीक्षण, अध्ययन र अनुसन्धानमा छिमेकी मुलुकहरुसँग सहकार्य गर्दै गएको बताएका हुन् । पछिल्ला दिनमा भ्याक्सिनको विकासमा उल्लेख्य प्रगती हुँदै गएको मोदीले उल्लेख गरेका छन् ।

भारतमा दुईवटा परीक्षण दोस्रो चरणमा र एउटा तेस्रो चरणमा रहेको छ ।

मोदीले उच्च सरकारी अधिकारीहरुसँग गरेको वार्तापछि भारत सरकारले जारी गरेको विज्ञप्ति अनुसार भारतका वैज्ञानिक र अनुसन्धानकताहरुले अनुसन्धानको क्षमता अभिवृद्धिको लागि नेपाल, अफगानिस्तान, भुटान, बंगलादेश, माल्दिभ्स र श्रीलंका लगायतका मुलुकहरुसँग पनि सहकार्य गरिरहेका छन् ।

साथै भारतीय सरकारले बंगलादेश, म्यानमार, कतार, भुटान लगायतका मुलुकहरुले उनीहरुको मुलुकमा भारतीय खोपको क्लिनिकल ट्रायल गरिदिन आग्रह गरेको समेत जानकारी दिएको छ ।

भ्याक्सिनको विकास र अनुसन्धानका लागि नेपालसँग पनि सहकार्य गरे पनि क्लिनिकल ट्रायलका लागि भारतले आग्रह गरेको छ कि छैन भन्ने विषयमा नेपाल सरकारले केही पनि बताएको छैन ।

चीन, रुस लगायतका केही मुलुकले क्लिनिकल ट्रायलका लागि आग्रह गरेपनि नेपाल सरकारले यस विषयमा कुनै पनि निर्णय गरेको छैन । मोदीले भने छिमेकमा मात्र केन्द्रित नभई बाहिरी संसारसँग पनि सहकार्य गर्न सरकारी अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment