Comments Add Comment

यी नौ औषधिय प्रतिक हुन् नवदुर्गा

अहिले हामी नवदुर्गाको पूजाआजा गरिरहेका छौं । नवरात्र प्रारम्भ भएयताको नौ दिनसम्म विभिन्न स्वरुपमा रहेका दुर्गाको पूजाआजा गरिन्छ । दुर्गालाई शक्तिको प्रतिक मानिन्छ । धार्मिक विश्वास अनुसार माता दुर्गाको भक्ती आरधाना गर्दा हाम्रो संकट नष्ट हुन्छ ।

त्यसैगरी नवदुर्गाको जुन भिन्न भिन्नै स्वरुप छन्, ति सबैमा औषधिय महिमा पनि जोडिएको छ । नवदुर्गाको नौ औषधि स्वरुपलाई सर्वप्रथम मार्कण्डेय चिकित्सा पद्धतिको रुपमा दर्शाइएको छ । धार्मिक मान्यता के छ भने चिकित्सा प्रणालीको यो रहस्या वास्तवमा ब्रम्हाजीले दिएका थिए, जुन कुरा दुर्गा कवचको सन्दर्भमा उल्लेख गरिएको पाइन्छ । यी औषधि समस्त प्राणीको रोग नष्ट गर्ने खालका छन् ।

यसले शरीरको रक्षाका लागि कवचका समान काम गर्छ । यसको प्रयोगबाट मान्छे अकाल मृत्युबाट बाँच्न सक्छन् ।

प्रथम शैलीपुत्री अर्थात हरड

नवदुगाको प्रथम रुप शैलीपुबी मानिएको छ । केही समस्यामा काम आउने औषधि हरड, हिमावती हुन् जो देवी शैलीपुत्रीको एक रुप हो । यो आयुर्वेदको प्रधान औषधि हो, जुन सात प्रकारका हुन्छन् ।

पथया– जो हित गर्नेवाला हो ।

कायस्थ– जो  शरीर स्वस्थ बनाइराख्ने हो ।

अमृता– अमृत समान

हेमवती– हिमालयमा हुनेवाला

चेतकी– चित्त प्रशन्न गर्नेवाला ।

श्रेयसी शिवा –कल्याण गर्ने ।

द्वितीय ब्रम्हाचारिणी अर्थात ब्रम्ही

ब्रम्ही नवदुर्गाको देस्रो रुप ब्रम्हाचारिणी हो । यो आयु र स्मरणशक्ति बढाउने, विकार नास गर्ने र स्वरलाई मधुर बनाउने औषधि हो । यसैले ब्रम्हीलाई सरस्वती पनि भनिन्छ ।

यसले मन-मस्तिष्कमा शक्ति प्रदान गर्छ । ग्यास, मुत्र सम्बन्धी रोग हटाउँछ । यसले मूत्रको माध्यामबाट रक्त बिकारलाई बाहिर निकाल्छ ।

तृतीय चन्द्रघन्ट अर्थात चन्दुसूर

नवदुर्गाको तेस्रो रुप हो चन्द्रघण्ट, यसलाई चन्दुसूर वा चमसूर पनि भनिन्छ । यो एक यस्तो बिरुवा हो, जो धनिया जस्तै हुन्छ । यस विरुवाको पात सब्जी बनाइन्छ, जो लाभदायक हुन्छ । यो औषधि मोटोपन घटाउनमा बढी प्रभावकारी मानिन्छ । यसैगरी शक्ति बढाउने, हृदयरोग कम गर्ने औषधि पनि हो चन्द्रिका ।

चतुर्थ कूष्मान्डा अर्थात पेठा

नवदुर्गाको चौथो रुप कूष्मान्डा हो । यस औषधिबाट पेठा मिठाई बनाइन्छ, त्यसैले यसको रुपलाई पेठा भनिन्छ । यसलाई कुम्हडा पनि भनिन्छ, जो पुष्टिकारक, वीर्यवर्धक र रक्तविकार ठीक गर्नेमा सहायक मानिन्छ । मानसिक रुपले कमजोर व्यक्तिका लागि अमृत समान हो यो । यसले शरीरको समस्त दोष हटाएर हृदय रोग ठीक बनाउँछ ।

पञ्चम स्कन्दमाता अर्थात अलसी

नवदुर्गाको पाँचौ रुप स्कन्दमाता हो, जसलाई पार्वती एवं उमा पनि भनिन्छ । यो औषधिको रुपमा अलसी विद्यामान छ । यो वात, पित्त, कफ रोग नष्ट गर्ने औषधि हो ।

षष्ठम कात्यायनी अर्थात मोइया

नवदुर्गाको छैठौं रुप कात्यायनी हो । यसलाई आयुर्वेदमा केही नामले  चिनिन्छ, जस्तो अम्बा, अम्बालिका, अम्बिका । यसका साथै यसलाई मोइया अर्थात माचिका पनि भनिन्छ । यो कफ, पित्त, विकार र घाटीको रोग निको बनाउन उपयोगी हुन्छ ।

सत्पम कालरात्रि अर्थात नागदौन

दुर्गाको सप्तम रुप कालरात्रि हो, जसलाई महायोगिनी, महायोगीश्वरी भनिन्छ । यो नागदौन औषधिको रुपमा चिनिन्छ । यसले सबै किसिमको रोग निको बनाउँछ र मतिष्कको विकार पनि हटाउँछ । यसको विरुवालाई घरमा रोप्दा पनि राम्रो हुन्छ । यसले वायुमण्डलाई शुद्धिकरण गर्छ ।

अष्टम महागौरी अर्थात तुलसी

नवदुर्गाको अष्टम रुप महागौरी हो, जसलाई धेरैले औषधिको रुपमा चिनेका छन् । यसको नाम तुलसी हो, जो अधिकांशको घरमा रोपिएको हुन्छ । तुलसी सात प्रकारका हुन्छन्, सेतो तुलसी, कालो तुलसी, मरुता, दवना, कुढेरक, अर्जक र षटपत्र । यी सबै प्रकारका तुलसीले रगत सफा गर्छ र हृदय रोग ठिक गर्छ ।

 नवम सिद्धिदात्री अर्थात शतावरी

नवदुर्गाको नवम रुप सिद्धिदात्री हो, जसलाई नारायणी वा शतावरी भनिन्छ । शतावरी बृछि, बल एवं वीर्यका लागि उद्यम औषधि हो । यसले रक्तविकार एवं वात पित्त नष्ट गर्छ । हृदयको स्वास्थ्यका लागि यो महाऔषधि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment