Comments Add Comment

होम आइसोलेसनमा मृत्यु भए आफन्तले नै शव व्यवस्थापन गर्नुपर्ने

२ कात्तिक, काठमाडौं । होम आइसोलेसनमा मृत्यु भएका संक्रमितहरुको शव व्यवस्थापन परिवार आफैंले गर्नुपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनसम्बन्धी निर्देशिका संशोधन गर्दै यो व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार कुनै व्यक्तिको होम आइसोलेसनमा मृत्यु भएमा स्थानीय प्रतिनिधि र प्रहरीलाई खबर गर्नुपर्छ ।

तर शव व्यवस्थापनको काम भने मृतकका आफन्तहरुले नै गर्नुपर्नेछ । पन्जा, मास्क, पूरा बाहुला भएका गाउन प्रयोग गरेर शवलाई र्‍याप गर्ने र बडी ब्यागमा राख्ने, शव बाहनमा राख्ने वा खटमा बोकेर घाटसम्म पुर्‍याउने काम पनि मृतकका आफन्तहरुले नै गर्नुपर्ने संशोधित मापदण्डमा उल्लेख छ ।

यसअघि कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन नेपाली सेनाले गर्दै आएको थियो ।

हेर्नुहोस् शव व्यवस्थापनसम्बन्धी निर्देशिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment