Comments Add Comment

पत्रकार महासंघको टोलीले सञ्चार मन्त्रीलाई भेट्यो

२ कात्तिक, काठमाडौं । नेपाल पत्रकार महासंघको टोलीले आइतबार पुल्चोकस्थित मन्त्रिनिवासमा पुगेर सूचना प्रविधि तथा सञ्चारमन्त्री पार्वत गुरुङसँग भेटघाट गरेको छ ।

पत्रकारहरुले भोगिरहेका समस्याबारे महासंघको टोलीले मन्त्री गुरुङलाई जानकारी गराएका थिए ।

भेटमा मन्त्री गुरुङले श्रमजीवी पत्रकारका समस्या समाधान गर्न सरोकारवालाहरुसँग सहकार्य गरेर अघि बढ्ने आश्वासन दिएको भेटमा सहभागी महासंघका एक पदाधिकारीले जानकारी दिए ।

मन्त्रीसँगको भेटवार्तामा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, उपाध्यक्ष दिलिप थापामगर, महासचिव रमेश विष्ट, सचिवद्धय रामप्रसाद दाहाल, रेमबहादुर विश्वकर्मा तथा कोषाध्यक्ष राजेश मिश्रलगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment