Comments Add Comment

‘फोन पे डाइरेक्टसँग,दशैँ धन मौका ’ योजना सार्बजनिक

फोन पे पेमेन्ट सर्विस लिमिटेडले नेपालीहरुको महान चाड दशैँलाई लक्षित गर्दै ‘फोन पे डाइरेक्टसँग,दशैँ धन मौका ’ योजना सार्बजनिक गरेको छ । यस योजना अन्तरगत फोन पे डाइरेक्ट मार्फत बैंक तथा वित्तीय संस्थामा अन्तर बैंक कारोबार गर्दा हरेक दिन एक लाख रूपैयाँ जित्न सकिनेछ ।

कार्तिक १ गते घटस्थापना देखि कार्तिक १४ गते पुर्णिमा सम्म सञ्चालन हुने यो योजनामा बम्पर उपहारमा पाँच लाख रुपैयाँ लाख जित्न सकिनेछ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले फोन पे ले यस्तो योजना सुरु गरेको हो । यस योजनामा क्यूआर मार्फत गरिने भुक्तानीलाई भने समावेश गरिने छैन ।

नेपालको पहिलो फोन पे सर्विसका करिब डेढ लाख मर्चेन्ट रहेका छन् । फोन पे बैंकिङ, वालेट तथा मर्चेन्ट विस्तारको हिसाबले नेपालका सातवटै प्रदेशमा पुगि सकेको छ । फोन पे मा ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा आबद्ध रहेका छन् । साथै इसेवाका करिब ३५ लाख ग्राहकले यसबाट प्रत्यक्ष फाइदा लिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment