Comments Add Comment

‘बधाई हो’को सिक्वेलमा राजकुमार र भूमि

सन् २०१८ मा रिलिज भएको सफल चलचित्र ‘बधाई हो’को सिक्वेलको आधिकारिक घोषणा गरिएको छ । यो चलचित्रको छायांकन आउँदो बर्षको जनवरी महिनाबाट सुरु हुनेछ । ‘बधाई हो’को मेकर्स जंगली पिक्चर्सले सिक्वेलको घोषणा गरेको हो ।

चलचित्रको मुख्य भूमिकामा नायक राजकुमार राव र नायिका भूमि पेडणेकरले काम गर्नेछन् । यी दुई कलाकार एकसाथ पर्दामा देखिन लागेका हुन् । २ बर्ष अगाडि रिलिज भएको ‘बधाई हो’मा नायक आयुष्मान खुराना र नायिका सान्या मल्होत्राले काम गरेका थिए ।

‘बधाई दो’ नाम राखिएको सिक्वेलमा नायक राव प्रहरी अफिसर्सको भूमिकामा देखिदैछन् । महिला थानामा एक्लो प्रहरी अफिसर्सको भूमिकामा देखिन लागेका राजकुमारको भूमिका रोचक रहेको निर्माणपक्षले भारतीय मिडियालाई बताएको छ ।

अक्षत घिल्डियाला र सुमन अधिकारीले लेखेको चलचित्रको कथालाई हर्षवर्धन कुलकर्णीले निर्देशन गर्दैछन् । राजकुमारले ‘बधाई दो’ आफ्ना लागिग विशेष चलचित्र भएको भन्दै यो भूमिकामा काम गर्न पाउँदा खुशी लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment