Comments Add Comment

ओमान-नेपालबीच सरकारी राहदानी बहाकलाई प्रवेशाज्ञा छुट गर्ने सम्झौता

३ कात्तिक, काठमाडौं । नेपाल सरकार र ओमान सरकारबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी वाहकलाई एक अर्काको देशमा प्रवेशाज्ञा छुट सम्बन्धी सम्झौता भएको छ ।

ओमानको परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र ओमानको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव (प्रशासन तथा लेखा) मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबिले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुरूप उक्त राहदानीवाहक दुवै देशका नागरिकले एक अर्काको देशमा प्रत्येक पटक प्रवेश गरेको मितिदेखि ९० दिनसम्म प्रवेशाज्ञा नलिइ प्रवेश गर्न, ट्रान्जिटको रूपमा रहन, बस्न तथा त्यहाँबाट प्रस्थान गर्न सक्नेछन् ।

यो सम्झौतापश्चात् ओमान र नेपालबीच हुने द्विपक्षीय औपचारिक भ्रमण, ट्रान्जिट भ्रमणलगायत अन्य गतिविधिहरू बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

त्यसैगरी पछिल्लो समयमा ओमान अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त ट्रान्जिटको रूपमा विकास भैरहेको सन्दर्भमा श्रमलगायत अन्य विविध गतिविधिहरूका लागि हुने भ्रमणहरूमा समेत यस सम्झौताले सहजीकरण बताइएको छ ।

कार्यक्रमपश्चात हस्ताक्षरकर्ता दुवैजनाले दुई देशले आपसी सम्बन्धका विविध आयामहरूलाई थप गतिशील र सक्रिय बनाउनु पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment