+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

टिभिएसले खोल्यो एकैपटक १२ शोरुम

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ३ गते १५:३२

नेपालका लागि टिभिएसको आधिकारीक बितरक जगदम्बा मोटर्स प्रालीले एकैपटक १२ वटा नयाँ शोरुमको उद्धघाटन गरेको छ। कम्पनीले घटस्थापनाको दिन यी नयाँ शोरुम संचालनमा ल्याएको हो।

काठमाडौंको महालक्ष्मी स्थान, सानोभर्याङ, महाराजगञ्ज सहित बनेपा, नेपालगंज, कावासोती, तुलसीपुर, फत्तेपुर, भण्डारा, त्रिशुली, उर्लाबारी र अर्घाखाचीमा नयाँ शोरुमहरु थपिएका छन्। यी शोरुमसहित देशभरीमा टिभिएसका १३२ वटा शोरुम पुगेका छन् ।

यो अवसरमा कम्पनीका उपाध्यक्ष दिपक कुमार अग्रवालले भने ‘आजबाट टिभिएसको थ्रीएस (सेल्स, सर्भिस, स्पेर्स पार्टस) सहितका यी नयाँ शोरुम मार्फत नेपालको सबै स्थानमा टिभिएसको प्रोडक्ट पूगेको छ।

नेपालमा उपयुक्त हुने सय सिसीदेखि तीन सय सीसिमाथिका मोटरसाइकल र स्कुटरसहित नेपाली ग्राहकहरुको जीवनको अभिन्न अंग बन्नेमा विश्वास लागेको छ।

अहिले टिभिएसले अपाचे सिरिज, स्टाइकर, रेडन लगायतका मोडल बिक्री गर्दै आएको छ। साथै एनटर्क, ज्यूपिटर र वीगो जस्ता स्कुटर विभिन्न भेरियन्टमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?