Comments Add Comment

म्याग्दीमा भरुवा बन्दुकसहित एकजना पक्राउ

३ कात्तिक, म्याग्दी । प्रहरीले म्याग्दीमा एउटा अवैध एक नाले भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–८, काफल डाँडा बस्ने ३१ वर्षीय अम्बर गर्बुजा छन् ।

जिल्ला प्रहरी प्रमुख डीएसपी किरण कुँवरका अनुसार लुकाएर हिँडेको अवस्थामा बन्दुकमा लाग्ने १७ वटा गोली, फलामका टुक्रा, बारुद लगायतसहित उनी पक्राउ परेका हुन् ।

कुँवरका अनुसार इलाका प्रहरी कार्यालय, घोडेपानीबाट प्रहरी सहायक निरीक्षक रवि आचार्य नेतृत्वको टोलीले गर्बुजालाई समातेको थियो । उनीविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अघि बढ्नेछ ।

यसैबीच, प्रहरीले बेनी नगरपालिका–८, गणेशटोल बस्ने २९ वर्षीय बिमल भण्डारीको घरकोठामा खानतलासी लगेर लागूऔषध बरामद गरेको छ ।

उनले लागूऔषध कारोबार गर्ने गरेको सूचनाको आधारमा छापा मार्दा डाइजेपाम ३० एम्पुल, फेनरागन ३१ एम्पुल र नुर्फिन३० एम्पुल गरी ९१ एम्पुल लागूऔषध बरामद भएको हो ।

डीएसपी कुँवरका अनुसार अहिले भण्डारीलाई पक्राउ गरी विस्तृत अनुसन्धान थालिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment