+
+
Shares

अर्मेनियाबाट १३ गाउँ आफ्नो नियन्त्रणमा लिएको अजरबैजानको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ३ गते १८:२७

३ कात्तिक, काठमाडौं । अजरबैजानका राष्ट्रपति इल्हाम अलियेवले आफ्नो सेनाले दक्षिणी जेलरेल क्षेत्रको थप १३ गाउँमा आफ्नो नियन्त्रण कायम गरेको दाबी गरेका छन् ।

सोमबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले यस्तो जानकारी दिएका हुन् । अजरबैजानले दाबी गरेअनुसारका गाउँहरु इरानको सीमानजिकैका क्षेत्रहरु हुन् । यसअघि अक्टोबर १८ मा अजरबैजानका राष्ट्रपतिले अराकज नदीमा बनेको खुदाफारिन पुलमा आफ्नो झण्डा फहराएको बताएको थिए ।

सन् १९९० को दशकदेखि उक्त पुल अर्मेनियाको कब्जामा थियो । उनले सेयर गरेको भिडियोमा पनि इरानी सेनाहरुले अजरबैजानका सेनाहरुलाई स्वागत गरिरहेको देखिएको थियो ।

अर्मेनिया र अजरबैजानबीच अहिले विवादित भूमि नागोर्नो काराबखको विषयमा युद्ध जारी छ । रुसको मध्यस्थतामा दुई पक्षको बीचमा युद्धविरामको सम्झौता भए पनि प्राप्त समाचार अनुसार दुवै पक्षले अहिलेसम्म युद्धविरामको सम्झौता पालना गरेका छैनन् । नागोर्गो काराबखले यो युद्धमा अहिलेसम्म सात सयभन्दा धेरैको मृत्यु भइसकेको बताएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?