Comments Add Comment

नेपाल भित्रिँदै ‘नीम जी’ विद्युतीय अटोरिक्सा

Photo Credit : द हिन्दू

४ असोज, काठमाडौं । नोभेम्बरदेखि नेपालमा भारतको केरला अटोमोबाइल्स लिमिटेडले बनाएको विद्युतीय अटोरिक्सा ‘नीम जी’ चल्ने भएका छन् । हिमालयन मोटरेड प्रालि नेपालमा ‘नीम जी’ ई–अटोरिक्सा नेपालमा भित्र्याउन लागेको हो । भारतको थिरुभनन्थपुरमनजिकै रहेको अरालुमुडुस्थित केरला अटोमोबाइल्स लिमिटेड (केएएल)बाट पहिलो लटको २५ ई–अटोरिक्सा मंगलबार नेपालतर्फ पठाइएको भारतीय सञ्चारमाध्यम द हिन्दूले बताएको छ । यी अटोरिक्सा नेपाल आइपुग्न १२ दिन लाग्नेछ ।

नेपालबाट थप आठ ई–अटोरिक्साको अर्डर पनि गरिएको छ । अर्डरअनुसार आठओटा अटोरिक्सा भने अबको केही समयमा नै पठाउने कम्पनीले बताएको छ । ढुवानी खर्च डिलरले नै वहन गर्नेछ । केएएल कम्पनीका लागि यो १७ वर्षपछिको पहिलो निर्यात हो । कम्पनीले नेपाललाई वार्षिक पाँचसय ई–अटोरिक्सा निर्यात गर्ने लक्ष्य लिएको छ । साथै कम्पनीले ई–अटोरिक्सा श्रीलंका, बंगलादेश र केन्यामा पनि निर्यातको लागि वार्ता भइरहेको बताएको छ ।

अहिले नेपाल भित्र्याउन लागिएको तीन सिटे ई–अटोरिक्सा भारतमा बिक्री भइरहेकै मूल्य दुई लाख ८५ हजारमा बिक्री गरिएको कम्पनीले बताएको छ । यसमा जर्मन प्रविधिको ब्याट्री प्रयोग गरिएको छ । यो अटोरिक्सा तीन घण्टा ५५ मिनेटभित्र फुल चार्ज हुन्छ । तीन पिन भएको चार्जरबाट घरमा नै यसलाई चार्ज गर्न सकिन्छ । एक फुल चार्जमा यो ई–अटोरिक्सा ८० देखि ९० किलोमिटरसम्म गुड्न सक्ने कम्पनीको दाबी छ ।

 

स्रोत ः द हिन्दू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment