Comments Add Comment

क्यान्सर रोगीले खानैपर्ने पेय

क्यान्सर भन्नेबित्तिकै एउटा ठूलो रोगको रूपमा हामी सबैले बुझेका हुन्छौं । तर प्रारम्भिक दिनमै ठम्याएर उपचार गर्नसके क्यान्सर पूरै निको हुन सक्छ । यो रोग लाग्दा क्यान्सर प्रभावित भागको कोषहरू अनियन्त्रित रूपमा बढ्ने, अन्य तन्तुहरूमा पनि प्रसारित हुने र अनियन्त्रित वृद्धि भइरहेका क्यान्सर कोषहरू रक्तअक्सिजनको अभावमा मर्ने गर्छन् ।

अन्ततोगत्वा अनियन्त्रित कोष वृद्धिकै कारणले क्यान्सर रोगीको मृत्यु समेत हुन्छ। क्यान्सरलाई नियन्त्रणमा लिन वा क्यान्सरबाट बच्न क्यान्सर कोषहरूको वृद्धिमाथि लगाम लगाउनुपर्ने हुन्छ । यो लगाम तबमात्र सम्भव छ जब कोष बाहिरको वातावरण पूर्ण प्राकृतिक हुन्छ।

क्यान्सर कोषहरूको अनियन्त्रित वृद्धि हुनुको मुख्य कारण कोष बाहिरको वातावरणमा विजातीय द्रव्यहरूको संकलन भई कोष विभाजनलाई नियन्त्रण गर्ने तन्त्र बिथोलिनुले हो । कोष बाहिरको वातावरणमा विजातीय द्रव्य संकलित हुँदा यी द्रव्यहरूले सुसुप्त अवस्थामा रहेको कोषको क्यान्सर कारक जीनलाई उत्तेजित गरेर अनियन्त्रित रूपमा विभाजित हुन प्रेरित गर्छ। यो अनियन्त्रित वृद्धि नै क्यान्सर हो र यसबाट निजात पाउन कोषको बाहिरको वातावरणमा विद्यमान विषहरूको शोधन हुनुपर्छ । यो सोधन केही प्राकृतिक तरिकाले उब्जाइएका फलफूल एवं तरकारीको पेयको सेवनले सम्भव छ। यसर्थ क्यान्सर रोगीले निम्न फलका रसहरूको  सेवन गर्नुपर्छ ।

१)    गहुँको जमराको जुसः

गहुँको जमरामा प्रचुर मात्रामा क्लोरोफिल पाइन्छ । क्लोरोफिलले आफैँमा एण्टिअक्सिडेन्ट र एन्टिम्युटाजेनिक यौगिक हो । क्लोरोफिलले सेवनले राता रक्तकोषहरूको वृद्धि गराएको तथ्यहरू पनि सार्वजनिक भएका छन् । रक्तकोषहरू बढ्दा क्यान्सरग्रस्त तन्तुहरूमा ज्यादा अक्सिजन पुर्‍याएर क्यान्सर कोष मार्न सहयोग पुर्‍याउँछ । गहुँको जमरामा क्यान्सर प्रतिरोधी सेलेनियम र लियट्राइल पनि पाइन्छ । गहुँको जमरामा १३ किसिमका भिटामिनहरू, बीसैवटा अमाइनो एसिडहरू र एण्टिअक्सिडेन्टहरू पाइन्छन्  । यी सबै तत्वहरू क्यानसर प्रतिरोधी हुन् ।

२. कालो अंगुरको जुस :

अंगुरमा लाइमेनिन नामक फाइटोकेमिकलले क्यान्सर कारक तत्वहरूलाई हटाउन मद्धत गर्छ । अंगुरको बिउलाई मुख्यत: कोलन-क्यान्सर (ठूलो आन्द्राको) को उपचारमा प्रयोग गरिँदै आइएको छ । अंगुरमा मोनोटारपेन्स नामक तत्व पनि छ । मोनोटारपेन्सले पनि क्यान्सर कारक तत्वहरू शरीरबाट हटाउन मुख्य भूमिका खेल्छ ।

३)    गाजरको जुस :

गाजर पनि क्यान्सर प्रतिरोधी फाइटोकेमिकल्सल भरिएको फल हो । गाजरका विद्यमान बीटा क्यारोटिन नामक तत्वले मुख्यत: छालाको क्यान्सरको रोकथाम नियन्त्रण र उपचारमा ठूलो भूमिका खेल्छ। गाजरले क्यान्सर तन्तुको क्षय पश्चात हुने घाउँहरू सञ्चाे हुन पनि मद्धत गर्छ।

४) चुकन्दरको जुस :

पर्याप्त मात्रामा एण्टिअक्सिडेन्ट र भिटाभिनहरूले भरिएको चुकन्दर क्यारोटेनोइडसहरूको राम्रो स्रोत हो । चुकन्दरमा विद्यमान क्यारोटेनोइसले सबैखाले क्यान्सरको रोकथाम गर्न महत्वपूर्ण भूमिका खेल्छ। रगतको क्यान्सर (ल्युकेमियाको) उपचार गर्न पनि क्याराटेनोइडसको प्रयोग गर्ने गरिन्छ ।

५) गोलभेंडाको जुस 

गोलभेंडा भिटामिन सीको खजाना हो । भिटामिनहरूका अलावा गोलभेंडामा सोडियम, फस्फोरस, क्याल्सियम, पोटासियम, म्यानेसियम र सल्फर जस्ता थुप्रै खनिज एवं लवणहरू पाइन्छन् । गोलभेंडाको रस मुख्यत: प्रोटेस्ट क्यान्सरका लागि खुवाउने गरिन्छ । गोलभेंडामा विद्यमान ग्लुटाथायन नामक तत्वले कोषहरूलाई अक्सिडेटिभ स्ट्रेसबाट बचाउनका साथै प्रतिरक्षा प्रणालीलाई सशक्त पार्ने काम पनि गर्छ।

६) ब्रोकाउलीको जुस 

ब्रोकाउलीमा इन्डोल–३ कार्बिनोल नामक तत्व पाइन्छ । इन्डोल ३  कार्बिनोलले स्तनको क्यान्सर, पाठेघरको मुखको क्यान्सर र अण्डाशयको क्यान्सरको रोकथाम नियन्त्रण र उपचारमा मुख्य भूमिका गर्छ । इन्डोल–३ कार्विनोललाई इस्ट्राेजन हार्मोन प्रतिरोधी र प्रतिष्‍पर्धा प्रणाली सशक्त पार्ने तत्वको रूपमा बुझिएको छ।

७) सलादपत्ताको जुस 

पर्याप्तमात्रामा सल्फर, क्लोरिन, सिलिकन र भिटामिन बी कम्प्लेक्सहरूले भरपुर सलादपत्ताको जुस  फोक्सोको क्यान्सरको लागि उपयोगी छ ।

८) नोनीको जुस 

नोनीको जुस फष्ट स्टेजको क्यान्सर निको पार्न सक्ने क्षमता राख्छ। नोनीको जुसले क्यान्सर कोषहरूलाई नष्ट गर्नुका साथै क्यान्सर कोषहरू खाइदिने सेतारक्त कोषहरू पनि बनाउन मद्धत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment