+
+
Shares

भारतमा कोरोना संक्रमित ७६ लाख नाघे

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ५ गते १२:३६

५ कात्तिक, काठमाडौं । भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ७६ लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ७६ लाख ५१ हजार १०८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ५४ हजार ४४ नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख १५ हजार ९१४ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ७१७ जनाको मृत्यु भएको हो । अहिलेसम्म भारतमा ६७ लाख ९५ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।

अमेरिकापछि विश्वभर कोरोनाबाट दोस्रो सबैभन्दा प्रभावित मुलुक भारतमा पछिल्लो केही समययता भारतमा कोरोनाका नयाँ संक्रमितको संख्यामा कमी आएको छ । यससँगै भारतमा कोरोना संक्रमण उत्कर्षमा पुगिसकेको विशेषज्ञहरुले बताएका छन् । तर केहीले भने पुनः भारतमा कोरोना संक्रमण फैलिन सक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?