
५ कात्तिक, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीबीच बुधबार भेटवार्ता भएको छ ।
अर्थ मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय आर्थिक सहयोग, कोभिड–१९ महामारीको नियन्त्रण र सोपछिको आर्थिक पुनरुत्थानमा हुने सहयोगलगायत विषयमा छलफल भएको अर्थमन्त्रालयले जनाएको छ ।
बेरीसँगको भेटमा अर्थमन्त्री पौडेलले नेपाल अमेरिकाबीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अमेरिकाले नेपालको विकासमा निरन्तर गर्दै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए ।
राजदूत बेरीले अमेरिकाले नेपाललाई दिने सहयोगलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4