
६ कात्तिक, काठमाडौं । ललितपुरको बालकुमारी पुलमा सामान बोक्ने गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
कोटेश्वरबाट ललितपुरतर्फ गइरहेको बा १२ च ४२२८ नम्बरको बोलेरो गाडीले आज बिहान ५ बजे ठक्कर दिँदा ललितपुर इमाडोलका ७८ वर्षीय बाबुकाजी श्रेष्ठको मृत्यु भएको ललितपुरका एसएसपी टेक राईले जानकारी दिए ।
ठक्करबाट इमाडोलकै ७० वर्षीय भाइलाल महर्जन घाइते भएका छन् ।
ठक्कर दिएर भागेको सो गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4