+
+
Shares

कोरोना संक्रमणमुक्त भए हरिवंश र रमिला

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ६ गते १२:२४

हाँस्य कलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिला आचार्य कोरोना संक्रमणबाट मुक्त भएका छन् । हरिवंशले सामाजिक संजालमार्फत आफूहरुको रिपोर्ट नेगिटिभ आएको बताएका छन् । उनले, माया दिने सबैलाई धन्यवाद पनि भनेका छन् ।

उनीहरुको १६ दिन अगाडि कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । यसपछि, दुबै जना होम आइसोलेसनमा बसेका थिए ।

हरिवंशले कोरोना संक्रमण भएपछि अनलाइनखबरसँग कुरा गर्दै कोरोनालाई सामान्य रुपमा नलिन र नआत्तिन आग्रह गरेका थिए । उनले, यसपटक दशैंमा टिका लगाउन आफ्नो घर नआइदिन पनि आग्रह गरेका थिए ।

हरिवंश र रमिलाको रिपोर्ट पोजिटिभ आएपनि उनीहरुको परिवारका अन्य सदस्यको कोरोना रिपोर्ट भने नेगिटिभ आएको थियो । हरिवंश र रमिलाले १६ दिनमा कोरोनालाई जितेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?