
६ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग नभेटेको बताएका छन् ।
वरिष्ठ नेता नेपालले गोयलसँग आफ्नो भेटबारे आएका समाचार भ्रामक र झुठो रहेको उल्लेख गरेका छन् । टि्वटरमा उनले लेखेका छन्, ‘लेखिएको छ, ‘पूर्व प्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र रअका प्रमुखबचि भेट भएको भनी कतिपय सञ्चार माध्यममा झुट, कपोलकल्पित र भ्रामक समाचारहरू प्रकाशित भएकोमा त्यसको खण्डन गर्दै यस प्रकारका समाचारहरूबाट भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध छ ।’
अर्का पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि रअ प्रमुखसँग भेट नभएको जनाएका छन् । उनले सचिवालयले विज्ञप्ति नै निकालेको छ ।
बुधबार दिउँसो नेपाल आएका रअ प्रमुख गोयल बिहीबार भारत फर्किसकेका छन् ।
प्रतिक्रिया 4