Comments Add Comment

रुस र इरानसँग अमेरिकी मतदाताको सूचना छ : एफबीआई

६ कात्तिक, काठमाडौं । अमेरिकाको गुप्तचर संस्था एफबीआईले रुस र इरानसँग अमेरिकी मतदाताको सूचना रहेको दाबी गरेको छ ।

अमेरिकामा राष्ट्रपतीय निर्वाचन आउन केवल १३ दिन बाँकी रहेको अवस्थामा यस्तो समाचार सार्वजनिक भएको हो । बीबीसीका अनुसार अमेरिकाका राष्ट्रिय सुरक्षा अधिकारीहरुले पछिल्लो समय अमेरिकामा डेमोक्रेटहरुलाई इमेलमार्फत् धम्की आउनुमा इरान जिम्मेवार रहेको बताएका छन् ।

अमेरिकाको नेशनल इन्टेलिजेन्सका निर्देशक जोन रेक्टलाइफले ट्रम्प समर्थित समूहले अस्थिरता फैलाउन यस्तो इमेल पठाएको बताएका छन् । रेक्टलाइफले इरान र रुसले अमेरिकी मतदाता दर्ताको केही सूचना पाएको बताएका छन् । इरानले अमेरिकी मतदातामा डर देखाउन, मुलुकमा अस्थिरता सिर्जना गर्न र ट्रम्पलाई सिध्याउन यस्तो इमेल पठाएको रेक्टलाइफले बताएका छन् ।

रेक्टलाइफका अनुसार अमेरिकाको लोकतन्त्रमा असर पार्ने गरी यस किसिमको काम रुसको तर्फबाट नभएको तर रुससँग पनि केही सूचनाहरु भने रहेको आशंका छ ।

यद्यपि एफबीआईका निर्देशक क्रिस्टोफर रेले रेक्टलाइफको कुरामा समर्थन गर्दै अमेरिकी निर्वाचन प्रणाली अझै पनि सुरक्षित र भरपर्दो रहेको बताएका छन् ।

यसअघि सन् २०१६ मा रुसी ह्याकरले हिलारी क्लिन्टनको चुनावी प्रचारलाई कमजोर बनाएको पाइएको थियो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment