+
+

वान टु वाच, एनएमबि, लक्ष्मी बैंक र एसडीसीद्वारा एमएसएमई कोषको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ६ गते १६:४४

स्वीस सरकार बिकास सहयोग एसडीसीको सहयोगमा वान टु वाचले एनएमबि बैंक र लक्ष्मी बैंकसँग साझेदारी गरि कोभिड–१९ एमएसएमई कोषको घोषणा गरेको छ्र ।

यो कोषको मुल उद्देश्य कोभिड–१९ बाट प्रभावित लद्यु, साना तथा मझौला व्यावसायहरुलाई सहयोग दिने रहेको छ । यो कोषबाट व्यवसायहरुलाई छोटो अवधिको लागि कर्जा प्रदान गर्नुका साथैव्यवसाय अनुकूल परामर्श र तालिम पनि प्रदान गरि व्यवसायको दिर्घायु निरन्तरतामा सहयोग पुर्याउन र रोजगारी जोगाउन मद्दत गर्ने छ । यो कोषद्धारा करिब १०० व्यवसायलाई सहयोग प¥याउने र करिब १००० रोजगारी जोगाउने अपेक्षा गरिएको छ ।

यसअन्तर्गत कोभिड १९ बाट प्रभावित तर व्यवसाय गर्ने क्षमता भएका व्यवसायलाई धितो रहित कर्जा र १८ महिना सम्मको लागि व्याज पनि मिनाहा गरिनेछ । त्यसैगरि त्यी व्यवसायहरु मध्ये छनोटमा परेका व्यावसायीहरुले आफ्नो व्यावसाय अनुकूल परामर्श पनि प्राप्त गर्ने छन्।

वान टु वाचका प्रबन्ध निर्देशक सुमन जोशीले भने, “यस्तो विषम परिस्थितिमा, यो कोषले वान टु वाचको लगानी र व्यवसाय परामर्शको विशेषज्ञताको प्रयोग गर्दै उच्च क्षमता भएका व्यवसायलाई पहिचान गरि सहयोग गर्नेछ । आशा छ कि यो पहल एक “पायलट/प्रयोगात्मक“ हुनेछ जसमा अरु बैंक साझेदारहरु को सहभागिता बढ्दै जानेछ ।”

त्यसैगरी, नेपालका लागि स्विस राजदुत एलिजाबेथ भोन क्यापेलरले लघु, साना तथा मझौला व्यावसायहरु नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताइन् । यी व्यवसायहरुले धेरै रोजगारी प्रदान गर्ने भएकाले आर्थिक अवस्थामा सुधार ल्याउँने र समग्र अर्थतन्त्र नै पुनः चलायमान गर्न बलियो जग खडा गर्न सकिने बताइन् ।

“हामी एक खुद्रा तथा एमएसई केन्द्रित बैंक हौं, हामी आशावादी छौं कि यो सहकार्यले ऋण योग्य साना उद्यमीहरुलाई बैकं ऋणको पहुँचले यस विषम परिस्थितिमा, व्यवसाय र जिविका चलाउन सहयोग पु¥याउने छ । हाम्रो धारणा यो छ कि एमएसई हरुलाई यस समय विशेष ध्यान र सहयोगको आवश्यकता छ र यस क्षेत्रले देशको अर्थतन्त्र पुनः चलायमान गर्नका साथै दीर्घकालीन अवधिमा अर्थतन्त्रलाई गति दिएर टेवा पु¥याउने छ ।” लक्ष्मी बैंकका सिइओ अजय विक्रम शाहले भने ।

एनएमबि बैंकका सिइओ सुनिल केसीले एनएमबि बैंकको प्राथमिकता भनेको दिगो बैकिङ्ग भएको र एमएसएमई नै अर्थतन्त्रको दिगो बृद्धिको प्रमुख चालक भएको बताए । उनले सम्पूर्ण व्यासायिक क्षेत्रहरु विशेष गरि एमएसएमई अहिले कमजोर छ र घाटा बेहोरी राखेको बताए । यस्ता व्यवसायहरुको पुनरुद्धार योजनालाई साथ दिन, एनएमबि बैंक एक साझेदार बैंकको रुपमा अति प्रभावित व्यवसायलाई धितो रहित कर्जा प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?