Comments Add Comment

लेबनानको प्रधानमन्त्रीमा हारिरी नियुक्त

६ कात्तिक, काठमाडौं । लेबनानका राष्ट्रपति मिचेल औनले सुन्नी मुस्लिम नेता साद अल हारिरीलाई प्रधानमन्त्रीको रुपमा नियुक्त गरेका छन् । राष्ट्रपति औनले हारिरी बहुमत प्राप्त भएकाले संसद्सँगको परामर्शमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

पछिल्लो समय बैंकिङ क्षेत्र, मुद्रा, बढ्दो गरिबी र ऋण हारिरीका लागि चुनौती बन्न सक्ने अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले बताएको छ । त्यसका साथै उनले अहिले विश्वभर फैलिएको कोरोना महामारीको पनि उनले सामना गर्नुपर्नेछ ।

एक वर्षअघि सरकारविरुद्ध निस्किएको ठूलो आन्दोलनपछि हारिरीले आफ्नो पदबाट राजीनामा दिएका थिए । अहिले उनी चौथोपटक लेबनानको प्रधानमन्त्री बनेका हुन् । लेबनानको सिया मुस्लिमको पार्टीले भने राजनीतिक निकासको लागि उनलाई समर्थन गरेको बताएको छ । उसले आफूले सकारात्मक वातावरण निर्माणको लागि हारिरीलाई समर्थन गरेको छ ।

हारिरीले पनि आफूलाई प्रधानमन्त्रीको एक स्वतन्त्र उम्मेदवार दाबी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment