+
+
Shares

कानुन मन्त्री कार्कीलाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ७ गते १०:३६

७ कात्तिक, विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार बिहान मन्त्री कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार पीसीआर गर्दा शुक्रबार आफूलाई कोरोना पोजेटिभ देखिएको मन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् ।

सामान्य रुघाखोकीलगायत असर देखिएपछि होम आइसोलेसनमा रहेका कार्कीले बिहीबार विराटनगरमा एउटा निजी क्षेत्रले सञ्चालन गरेको ल्याब उदघाटन गरेका थिए ।

पोजेटिभ देखिएपछि बिराटनगरमा आफ्नै निवासमा आइसोलेसनमा बसेको कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?