Comments Add Comment

तलेजुमा बलिरहित पूजा, लगिएन दसैँघर   

७ कात्तिक, भक्तपुर । यहाँस्थित तलेजु मन्दिरमा शुक्रबार बलिरहित पूजा सम्पन्न गरिएको छ । हरेक वर्ष बडादसैँको फूलपातीको दिन तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिने गरिए पनि यस वर्ष भने बलि नदिई पूजा गरिएको मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

तलेजुमा राजोपाध्याय, जोशी र कर्माचार्य पुजारीले नरिवल र हाँसको अण्डा चढाएर पूजा गरेको उनले जानकारी दिए । गुठी संस्थानका खर्चमा हुने वर्षौँदेखि चल्दै आएको बलि दिने परम्परा यस वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण रोकिएको हो ।
तलेजुलाई मूल चोकको दसैँघरमा विराजमान गराउने वर्षौँदेखिको परम्परासमेत रोकिएको छ । यस वर्ष तलेजुलाई मूल घरबाट बडादसैँ घर नलगिएको मूल नाइके जोशीले जानकारी दिए ।

त्यसैगरी यस वर्ष कुमारीलाई काठमाडौंस्थित कुमारीघरमै राखिएको छ । कुमारीलाई फूलपातीको दिनदेखि तलेजुमा राख्ने परम्परा भए पनि यस वर्ष भने ल्याइएको छैन । यस वर्ष कुमारी जीविका बज्राचार्यलाई काठमाडौंमा नै राखेर पूजा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment