Comments Add Comment

चीनले भन्यो : अमेरिकाको निर्वाचनप्रति चासो छैन

७ कात्तिक, काठमाडौं । अमेरिकाको राष्ट्रपति निर्वाचनका उम्मेदवारहरुको बीचमा चीनलाई कसरी हेर्ने भन्ने सम्बन्धमा बहस भइरहेका बेला चीनले भने आफूलाई उक्त चुनावप्रति कुनै चासो नरहेको बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयका आयोजित नियमित पत्रकार सम्मेलनमा अमेरिकाको निर्वाचन सम्बन्धमा सोधिएको प्रश्नको उत्तर दिदै मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, ‘तपाईले आज आकाश कति निलो छ भन्ने याद गर्नु भयो कि भएन मलाई थाहा छैन । हामीलाई अमेरिकी चुनावप्रति कुनै चासो छैन । हामी आश गर्छौं कि उनीहरु(राष्ट्रपतिका उम्मेदवार) ले चीनलाई चुनावी एजेण्डा बनाउन छोड्नेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment