Comments Add Comment

प्रियंकाको दशैं मुड

नायिका प्रियंका कार्कीका लागि विगत केही बर्षका दशैं करिअरको रुपमा निकै सुखद रहेको मान्न सकिन्छ । किनकी, प्रियंकाले अभिनय गरेका ‘छक्का पन्जा, छक्का पन्जा २’ दशैंको अवसर पारेर रिलिज भएका थिए । यी चलचित्रले बक्स अफिसमा धमका मच्चाउँदा प्रियंका हल हलमा पुगेकी हुन्थिन् । प्रियंकाको करिअरको सुखद विन्दु पनि यही समयमा थियो ।

यो बर्ष भने प्रियंका हलमा पुग्न पाउने छैनन् । तर, वैवाहिक जीवनमा बाँधिएपछिको पहिलो दशैं भएकाले पनि उनका लागि विशेष छ ।

गतबर्षको फागुणमा बिहे गरेकी प्रियंका यसपछि भने लकडाउनका कारण धेरै समय घरमै रहिन् । घरमा रहँदा उनले आफ्नै युटुब च्यानलबाट खानेकुराका परिकार बनाइन् र दर्शकसँग खुशी साटिन् । उनै, प्रियंकाले सामाजिक संजालमा शेयर गरेका तस्वीरले पनि उनी दशैं मुडमा रहेको वुझ्न सकिन्छ ।

तस्वीरः प्रियंकाको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment