
८ कात्तिक, बुटवल । पाल्पामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
तानसेन नगरपालिका–१ गैरागाउँका ५६ वर्षीय पुरुषको मिसन अस्पताल तानसेनमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो ।
असोज ३० गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष ढाड दुख्ने समस्या भएपछि मिसन अस्पताल भर्ना भएका स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।
यो संगै पाल्पामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको पन्थीले बताए । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार हाल जिल्लामा २ सय ८२ जना सक्रिय संक्रमित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4