
८ कात्तिक, ठोरी । पर्साको ठोरी गाउँपालिका–१ मा रहेको असहाय तथा वृद्धवृद्धा कल्याण समाजलाई अमेरिकामा रहेका नेपालीले खाद्यान्न, ब्लाङ्केट र नगद सहयोग गरेका छन् ।
अमेरिकामा रहेकी ठूली राईले आफ्नो स्वर्गीय बुबा फूर्वा तामाङ र भाइ कुमार तामाङको सम्झनामा आश्रमका लागि १० थान ब्लाङ्केट, चामल, खानेतेल र नगद ५ हजार रुपैयाँ उपलब्ध गराएकी हुन् । ठोरी -१ मा रहेकी ठूलीकी बहिनी पूजा थापाले आश्रमका संरक्षक आशबहादुर गुरुङमार्फत उक्त सहयोग हस्तान्तरण गरिन् ।
आश्रमका संरक्षक गुरुङले मनकारीहरुको सहयोगबाट आश्रम सञ्चालन नियमित भइरहेको बताए । आश्रममा हाल १८ जना असहाय र वृद्धवृद्धाहरु रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4