
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज मौलो पूजा गरिएको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले आइतबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा संकल्प पूजा गरेका हुन् ।
पूजाअर्चनाको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पालले निसानमा पञ्जा छाप लगाए ।
साथै उनले मौलो पूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी सहायक निरीक्षक भवानी चन्द र प्रहरी हवल्दार जितेन्द्र खाँ थारुलाई पगरी तथा नगद पुरस्कार प्रदान गरे ।
पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । उक्त अवसरमा उपस्थित महानुभावहरूलाई पूजारीबाट टीका तथा प्रसाद वितरण गरिएको थियो ।
सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु लगायतको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4