Comments Add Comment

परिवारजनमा सीमित भएर दसैं मनाउन सभामुखको आग्रह

१० कात्तिक, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीबाट सिर्जित विषम परिस्थितिका कारण यसपटक परिवारजनमा सीमित भएर चाडपर्व मनाउन अपिल गरेका छन् ।

दसैं, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सम्भव भएसम्म आफू बसोबास गरिरहेका स्थानमा नै चाडपर्व मनाउन आग्रह गरे ।

विगतमा जस्तो यस पटक पारिवारिक पुनर्मिलन र सामाजिक अन्तरघुलनका लागि सहज नभएको उल्लेख गर्दै उनले यस वर्षका चाडपर्व कोभिड–१९ लाई परास्त गर्ने संकल्पका लागि आपसी छलफल गर्ने अवसर बन्ने विश्वास आफूले लिएको बताएका छन् ।

सभामुख सापकोटाले प्राकृतिक विपत्ति र कोरोना भाइरसका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

वर्षभरि आइरहने चाडपर्व नेपाली संस्कृतिका मौलिक विशेषता भएको उल्लखे गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुकमा मनाइने चाडपर्वले विविधताबीचको एकता, सामाजिक सदभाव एवं व्यक्ति, परिवार र समाजलाई आपसमा जोड्ने काम गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment