Comments Add Comment

आरएसएस प्रमुख भागवत भन्छन् : चीनलाई काउन्टर गर्न नेपाललगायतका छिमेकीसँग सम्बन्ध सुदृढीकरण

१० कात्तिक, काठमाडौँ । भारतको सत्तारुढ भारतीय जनता पार्टीको नीति निर्माणमा प्रभाव पार्ने राष्ट्रिय स्वयंसेवक संघ(आरएसएस) का प्रमुख मोहन भागवतले चीनलाई चुनौती दिन नेपाल लगायतका छिमेकी मुलुकहरुसँगको सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्ने बताएका छन् ।

आरएसएसले प्रत्येक बर्ष विजयादशमीको उपलक्षमा आयोजना गर्ने बार्षिक कार्यक्रमलाई भारतको नागपुरमा सम्बोधन गर्दै उनले चीनले लद्धाखमा भारतीय भूमि मिचेको भनी कडा शब्दमा आलोचना गरे । उनले भने, ‘हाम्रा सेनाले चीनलाई एकदमै ठूलो जवाफ दिएका छन् । हामी देशभक्तहरु एक ठाउँमा उभिएका छौ ।’

उनले अगाडि भनेका छन्, ‘हामीले हाम्रो रणनीतिक तयारी, आर्थिक शक्ति, अन्तर्राष्ट्रिय सम्बन्धलाई सुधार गरेर चीनभन्दा शक्तिशाली हुन आवश्यक छ र हामीले छिमेकीसँग अझ पहुँच बनाउन आवश्यक छ ।’

भागवतले छिमेकी मुलुकहरु म्यानमार, बंगलादेश, श्रीलंका, नेपाल, लगायतका मुलुकहरुसँग सम्बन्ध सुदृढ बनाउनुपर्ने पनि बताए । ‘उनीहरु हजारौ बर्षदेखि धेरै कुरामा हामी जस्तै छन् । हामी उनीहरुसँग तत्कालै जोडिनुपर्छ । छिमेकीसँग केही विवाद र फरकपन जहिले पनि हुन्छ तर त्यसलाई हामीले छिटै स्पष्ट पार्ने प्रयास गर्नुपर्छ’ उनले भने ।

भाजपाको नीति निर्माणमा आरएसएस एकदमै प्रभावशाली मानिन्छ । मोदी नेतृत्वका सरकारका केही मन्त्रीहरुको पृष्ठभूमि पनि विगतमा आरएसएसमा काम गरेको छ ।

मोदी आफैंले पहिला आरएसएस प्रचारको रुपमा काम गरेका थिए । पछिल्लो समयमा नेपाल लगायतका छिमेकी मुलुकसँग मोदी नेतृत्वको सरकारले सम्बन्ध सुधारको लागि दौडधुप गरिरहेको समयमा भागवतको सो अभिव्यक्ति आएको हो । पछिल्ला केही बर्षमा नेपालसँगको सम्बन्धको पनि आरएसएसको प्रभाव बढ्दै गइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment