+
+
Shares

दशैंमा सुहाना

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १० गते २१:०५

नायिका सुहाना थापाले यस बर्षको दशैं आफ्ना पिता सुनिलकुमार थापा र आमा झरना थापाको साथमा मनाएकी छिन् । साथै, आफ्नै घरमा परिवारसँग उनले टिका लगाइन् । सुहानाले सामाजिक संजालमा दशैंमा परिवारसँग टिका लगाउन पाउँदा खुशी लागेको बताउँदै तस्वीर शेयर गरेकी छिन् ।

कोरोना भाइरसका कारण यसपटक कलाकारहरुले दशैंको टिका परिवारमा मात्र सिमित गरेका थिए । चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन नायिका थापाले घटस्थापनाबाट सुरु गरेकी थिइन् । फूलपातीपछि केही दिनका लागि चलचित्रको काम रोकिएको छ ।

चलचित्र ‘ए मेरो हजुर ३’मा काम गरेपछि चर्चामा आएकी नायिका थापा चलचित्र ‘ए मेरो हजुर ४’बाट पनि दर्शकको माया पाउने अपेक्षा व्यक्त गर्छिन् ।

तस्वीरः सुहाना र झरना थापाको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?