Comments Add Comment

महिला आभूषणको महत्व र विज्ञान

चाडपर्व, विहे-कार्जे वा विशेष अवसरमा थरीथरीका गरगहना लगाउने प्रचलन छ । समय क्रममा गरगहना एवं शृंगारको स्वरुप पनि फेरिदै गएको छ । धेरैजसोले यसलाई सौन्दर्यको एउटा हिस्सा मानेको छ भने कतिपयको निम्त देखावटी ।

पूर्विय संस्कारमा १६ शृंगरको व्याख्या गरिएको छ । खासगरी महिलाको निम्ति यी १६ शृंगारले खास महत्व र अर्थ राख्छ । यसमा चुरा, पोते, टिका, शिरवन्दी, पाउजु लगायत सामेल छन् ।

श्रृंगार शब्दको प्रयोग सामन्यतः ब्रस्त्रभूषण आदिले शरीरलाई सु-सज्जित गराउने अर्थमा लिइन्छ । सोह्र श्रृंगार शरीरको स्वच्छतादेखि श्रृंगार एवं मुस्कान, शारीरिक हाउभाउको संयोजन मानिन्छ । यसमा मेहेन्दी, आभूषण, केस-विन्यासदेखि मुस्कानसम्म पर्छ ।

महिलाको १२ अभूषण

१. शील

२. लज्जा

३. मधुरवाणी

४. दृढाता

५. सरल स्वभाव

६. पतिव्रता

७ सन्तोष

८. सुहृदय

९. विनय

१०. क्षमा

११. हृदयको शुद्धता

१२. सेवाभाव

महिला र पुरुष एक अर्काका पूरक हुन् । यद्यपि प्रकृतिले दुबैको स्वरुप अलग बनाइदिएको छ । मनले, तनले, उनीहरु पुरुषभन्दा भिन्न छन् । महिला संवेदनशील हुन्छन् । तुलनात्मक रुपमा पुरुष कठोर । बाह्य स्वरुपको हिसाबले पनि उनीहरुको प्रकृति भिन्न हुन्छ । महिलामा हार्मोनल उतारचढावको प्रभाव बढी रहन्छ ।

प्राचीन ऋषिले केही यस्ता साधन निर्मित गरे, जसले उनीहरुको मन र स्वास्थ्य रक्ष गर्न सकियोस् । अर्थात महिलाको शरीरमा आभूषणको उपयोग त्यसकारण गरियो कि, जसले उनीहरुको हर्मोनल सन्तुलनदेखि शारीरिक सुरक्षासम्म गर्न सकियोस् ।

तर, समयक्रमसँगै यो सौन्दर्यको प्रसाधन बन्न थाल्यो । यसलाई सुन्दर गहनाको रुपमा लिइयो र नियमपूर्वक लगाउन थालियो ।

महिलाले लगाउने यी आभूषण मूल्यवान् धातुको हुनेगर्छ । सुन, चाँदी आदि । यी धातुको पनि शरीरसँग खास सम्बन्ध रहन्छ । किन गहना लगाइन्छ ? गहना लगाउँदा शरीरमा के हुन्छ ? गहनाका लागि सुन वा चाँदी जस्ता बहुमूल्य धातु नै किन प्रयोग गरिन्छ ? यसको जवाफ निकै घतलाग्दो र अर्थपूर्ण छ । बैज्ञानिक पनि ।

स्वर्ण आभूषण अर्थात सुनको गरगहनाले गर्मी र चाँदीको गहनाले चिसोमा असर गर्छ ।

कम्मर माथिको भागमा सुनका गहना लगाइन्छ । कम्मर मुनीको भागमा चाँदीको आभुषण लगाइन्छ । किन होला ? किनभने गहनाले शरीरलाई तातो र चिसोको सन्तुलन बनाइराख्नका लागि हो । हार– हार लगाउनुको अर्थ सुन्दर देखिनुका साथै स्वास्थ्यका लागि पनि हो । गला वा यसको नजिकमा यस्तो प्रेशर विन्दु हुन्छ, जसको केहि हिस्साबाट शरीरलाई लाभ प्राप्त हुन्छ ।

बिन्दी– टिका अर्थात बिन्दीलाई सौभाग्यको प्रतिक मानिन्छ ।

काजल– आँखालाई सुन्दर बनाउन एवं आँखाको सुरक्षा दुबै दृष्टिले काजल प्रयोग गरिन्छ ।

अधरंजन– ओंठ एवं अधरको सुन्दरता बढाउनका लागि त्यसमा केहि रंग प्रयोग गरिन्छ । प्राचिन कालमा फूलको रसबाट यो काम गरिन्थ्यो ।

नथ– नाखको सोभा बढाउनका लागि नाखमा छेडेर केहि प्रकारका नथ लगाइन्छ ।

केस सज्जा– केसमा सुगन्धित तेल लगाएर आकर्षक बान्कीका सजाइन्छ ।

कमरबन्ध–कमरको सौन्दर्यका लागि कमरबन्ध प्रयोग गरिन्छ । यसलाई सुन, चाँदी, हिरा, मोती जडान गरी विभिन्न आकारमा बनाइन्छ ।

चरणराग– खुट्टा वा हातको सौन्दर्य साथै छालाको सुरक्षाको लागि मेहेन्दी लगाउने परम्परा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment