+
+
Shares

हुम्लाबाट स्वाब सुर्खेत पठाइयो

रासस रासस
२०७७ कात्तिक १२ गते ८:१६

१२ कात्तिक, हुम्ला । जिल्ला अस्पताल हुम्लाले मङ्गलबार ३२ जनाको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको छ । कात्तिक दुई गते स्वाब सङ्कलन गरी ४ गते पोजेटिभ देखिएका एक अनमी र तीन सशस्त्र प्रहरी सहित उनीहरुको सम्पर्कमा आएका गरेर ३२ जनाको स्वाब सुर्खेत पठाइएको हो ।

पोजेटिभ देखिएका चार जना सहित उनका सम्पर्कमा आएका स्वास्थ्यकर्मी र सशस्त्र प्रहरी, एक ड्राइभरको स्वाब आज बुधबार विहान सुर्खेत पठाइएको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले बताए ।

हुम्लामा हालसम्म नौ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने चार सक्रिय सङ्क्रमित रहेको सूचना अधिकारी फडेराले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?