Comments Add Comment

८ हजार २४८ नमुना परीक्षण गर्दा १९५४ मा कोरोना संक्रमण पुष्टि

१२ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ८२४८ नमुना परीक्षण गर्दा ७५८ महिला र ११९६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ ।

उनीहरुमध्ये ८८७ जनाको मृत्यु भएको छ भने १ लाख २१ हजार ८२४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २९८१ जना संक्रमणमुक्त भएका हुन् ।

संक्रिय संक्रमितमध्ये ३१ हजार ९३४ होम र ७ हजार ७०९ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २९० जनाको आईसीयू र ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा ८४३ नयाँ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६९६ जना, ललितपुरका ११८ र भक्तपुरका २९ जना छन् ।

मोरङका २५३ जना, सुनसरीका २०३, चितवनका १६३, कास्कीका ९९, झापाका ७८, नवलपुरका ५०, मकवानपुरका ३९, महोत्तरीका २७, पर्साका २०, स्याङ्जाका १३, सप्तरी र गोरखाका ११/११ जना, उदयपुर र तनहुँका १०/१० जना, सोलुखुम्बु र सिराहाका ९/९ जना तथा धनुषा र काभ्रेका ८/८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै रुपन्देहीका ७ जना, सर्लाही, बर्दिया, दैलेख र कैलालीका ६/६ जना, नुवाकोटका ५, संखुवासभा, बाग्लुङ र अछामका ४/४ जना, खोटाङ, तेह्रथुम, बारा, रौतहट, सिन्धुपाल्चोक, गुल्मी र दाङका ३/३ जना, इलाम, धादिङ, लमजुङ र कञ्चनपुरका २/२ तथा ओखलढुंगा, भोजपुर, पर्वच, मुस्ताङ, नवलपरासी, पाल्पा र बाँकेका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ श्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment