+
+

भूमिगत पानी सिधै बोतल र जारमा भरेर बिक्री !

उद्योगलाई ५० हजार जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १२ गते १७:५५

१२ कात्तिक, काठमाडौं । इजाजतबिनै सञ्चालित एक पानी उद्योगलाई वाणिज्य विभागले कारबाही गरेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका ११ मनमैजुमा सञ्चालित त्रिशूली मिनरल एण्ड वेभरेज प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

विभागले गरेको अनुगमनमा पानी उद्योगले इजाजत नै नलिई भूमिगत पानी तानेर बोतल तथा जारमा भरेर बिक्री गर्ने गरेको पाइएको थियो । पानी उद्योग सञ्चालन गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट गुणस्तर प्रमाणित अनुज्ञा पत्र लिनुपर्छ भने उद्योग कानुनी रुपमा दर्ता भएको हुनुपर्छ ।

उक्त पानी उद्योगले पानी उत्पादन, प्रशोधन र गुणस्तरको ईजाजत नलिएको पाइएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?