
१२ कात्तिक, काठमाडौं । भारतको देहरादुनस्थित एक आश्रममा अध्ययनरत नेपाली विद्यार्थी निर्घात कुटिएको अभिभावकहरूले बताएका छन् ।
देहरादुनको भगवान्तपुर, पुरकोल रोडस्थित शाक्य एकेडमीमा अध्ययनरत ५१ जना विद्यार्थी १० कात्तिकमा कुटिएको उनका अभिभावकहरूले अनलाइनखबरलाई जानकारी दिए । कुटिएकामध्ये ४२ जनालाई चोट लागेको छ ।
कुटिनेमा सिन्धुपाल्चोक, बाग्लुङ, रुकुम, जुम्ला, हुम्ला, रामेछाप लगायत १९ जिल्लाका विद्यार्थी छन् । अभिभावकहरूका अनुसार दसैंका बेला घर आउन खोज्दा विद्यार्थीहरू कुटिएका हुन् ।
राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले विद्यार्थीलाई तत्काल उद्धार गर्न आग्रह गरेकी छन् ।
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले यो घटनाको सत्यतथ्य बुझ्ने प्रक्रिया सुरु भएको जानकारी दिएका छन् ।
भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्यले घट्नाबारे थप सूचना भए +918929601925 मा फोन गर्न र consularnepalembassy@gmail.com मा इमेल गर्न भनेका छन् ।
प्रतिक्रिया 4