Comments Add Comment

प्राध्यापक कुटपिट प्रकरणमा थप एकजना पक्राउ

उपप्राध्यापक प्रेम चलाउने

१३ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालय समाजशास्त्रका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गरेको आरोपमा थप एकजना पक्राउ परेका छन् ।

आफूलाई नेपाल विद्यार्थी संघका नेता बताउने दीपक ओझा पक्राउ परेका हुन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार उनलाई जिल्ला प्रहरी कार्यालय, कैलाली र इलाका प्रहरी कार्यालय, मालाखेतीको समन्वयमा पक्राउ गरिएको हो ।

यो पनि पढ्नुहोस प्राध्यापक कुटपिटको विरोधमा उपकुलपति कार्यालय घेराउ

ओझालाई काठमाडौं ल्याएर थप अनुसन्धान गरिने ज्ञवालीले अनलाइनखबरलाई बताए । उनका अनुसार यसअघि पक्राउ परेका रुपेश शाह, रविन लामा लगायतमाथि अनुसन्धान गर्ने क्रममा ओझाको नाम खुलेपछि उनलाई पक्राउ गरिएको हो ।

ओझासहित थप दुई जना कुटपिट प्रकरणको योजनाकार भएको प्रहरीको भनाइ छ । अन्यको खोजी जारी छ ।

यता नेपाल विद्यार्थी संघ (नेविसंघ)का केन्द्रीय अध्यक्ष राजीव ढुंगानाले भने प्रहरीले विनाकारण विद्यार्थीलाई पक्राउ गरी दु:ख दिएको भन्दै रिहाईको माग गरेका छन् ।

बिहीबार विज्ञप्ति जारी गर्दै अध्यक्ष ढुंगानाले सत्ता र शक्तिको आडमा सरकारले प्रहरी प्रशासनमार्फत सरकारले नेविसंघका विद्यार्थीमाथि अमानवीय व्यवहार गरेको बताएका छन् ।

महामन्त्री दीपक भट्टराईले पनि राजनीतिक प्रतिसोधले  बिनाकसुर विद्यार्थी नेताहरुलाई श्रृंखलाबद्ध रूपमामा पक्राउ गरी झुट्टा मुद्दा लगागाइएको भन्दै अन्याय सहन नसक्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment