+
+
Shares

इन्सपेक्टर तिमिल्सिना बने बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १४ गते १७:१६

१४ कात्तिक, काठमाडौं । बागमती प्रदेश प्रहरी कार्यालयले गरेको मूल्यांकनमा इलाका प्रहरी कार्यालय बनेपा काभ्रेका प्रहरी निरीक्षक (इन्सपेक्टर) योगेन्द्र तिमिल्सिना उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालयले आफ्नो कार्यालय मातहत कार्यरत प्रहरी कर्मचारीको कार्यसम्पादनको आधारमा तिमिल्सिनालाई असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

असोज महिनाको विभिन्न मितिमा गरी ९ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा कैद भुक्तानको लागि पेश गरेको, लागु औषधसहित मानिस पक्राउ गरेको, डलर साट्ने बहानामा ठगी गर्ने समुह पक्राउ गरेकाले उनलाई सर्वोत्कृष्ट घोषणा गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुदीप गिरीले जानकारी दिएका छन् ।

प्रदेश प्रहरी कार्यालयले महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि २०७७ अनुसार छनोट समिति गठन गरेर हरेक महिना सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गर्न थालेको छ । कार्यविधि अनुसार असोजदेखि १५ जना प्रहरी कर्मचारीलाई पनि पुरस्कार दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?