Comments Add Comment

क्रिस्टियनको प्रतिभामा शंका थिएन : लाम्पार्ड

Photo Credit : Getty Images

काठमाडौं । चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले टिमका युवा स्ट्राइकर क्रिस्टियन पुलिसिकको प्रतिभामा कहिल्यै आफूलाई शंका नरहेको बताएका छन् । क्रिस्टियनमाथि भरोसा गर्न ढिलाई गरेको भन्ने रेड बुल साल्जबर्गका म्यानेजर जेस्से मार्स्चको आरोपको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । क्रिस्टियन बेरुसियाबाट साढे ७ करोड डलरको डिलमा सो क्लवमा भित्रिएका थिए ।

साल्जबर्गविरुद्ध २०१९–२० को प्रि–सिजन म्याचमा पोलिसिकले नवनियुक्त कोच लाम्पार्डको मातहतमा दुई गोल गरेका थिए । तर वेस्ट लन्डनमा उनको सुरुवात सुस्त थियो । अन्ततः पुलिसिक पहिलो रोजाइका नियमित खेलाडी बने । कोरोना भाइरसका कारण लागू गरिएको लकडाउन समाप्त भएर फुटबल सुचारु भएसँगै चेल्सीमा उनले उत्कृष्ट प्रदर्शन गरे ।

आर्सेनलविरुद्धको एफए कप फाइनलमा चोटग्रस्त भएपछि उनी क्रास्नोदारविरुद्ध ४–० को जितसँगै मैदान फर्किए । सो नतिजापछि लाम्पार्डले मार्स्चको हालैको अन्तर्वार्तालाई जवाफ दिँदै भने, ‘मैले उनको प्रतिक्रिया पढेँ र जेस्सेले मेरो दिमागलाई पढ्न सफल भएकोमा अचम्भित भएँ ।’

जोस्सेले आफूहरुबीचको सम्वादलाई गलत तरिकाले सुनाएको आरोप उनले लगाएका छन् ।

‘यसलाई मैले ठिक तरिकाले बताउनुपर्छ । साल्जबर्गविरुद्धको म्याचमा क्रिस्टियनले दुई गोल गरेपछि जेस्सेले मसँग आएर भनेका थिए कि उनी असाध्यै प्रतिभाशाली खेलाडी हुन् । मैले त्यसमा सहमति जनाएको थिएँ । साथै, मैले यो पनि थपेको थिएँ कि उनले आफ्नो प्रतिभालाई आगामी दिनमा कसरी विकास गर्छन् भन्ने हेर्नुपर्ने छ । वास्तविक सम्वाद यत्ति हो । तर, जेस्सले यसलाई अलि फरक तरिकाले पेश गरे ।’

‘मलाई लाग्छ कि अघिल्लो सिजनमा उनको प्रदर्शन निकै उत्कृष्ट थियो । उनी अहिले युवा अवस्थामा नै भएकाले आगामी दिनमा अझै निखारिँदै जानेछन् । तर, मलाई उनप्रति कहिल्यै शंका थिएन,’ लाम्पार्डले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment