+
+

जेष्ठ नागरिकले कसरी जिउन सक्छन् स्वस्थ जीवनशैली ?

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १५ गते १७:१४

काठमाडौं । आहार र व्यायाम जेष्ठ नागरिकहरूको स्वस्थ जीवनका लागि निर्णायक तत्वहरू हुन् । नियमित व्यायामसँगै स्वस्थ खानामा ख्याल गर्ने हो भने वृद्धावस्थामा समेत अस्पताल धाउनु नपर्ने चिकित्सकहरू बताउँछन् । अस्थिरोग, गठिया, हृदय रोग, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल, डिमेन्सिया, डिप्रेसन र विभिन्न किसिमका क्यान्सर जस्ता स्वास्थ्य समस्याबाट टाढै रहन पनि स्वस्थ आहार र नियमित व्यायाममा ध्यान दिनुपर्छ ।

स्वस्थ जीवनशैलीको लागि ध्यान दिनुपर्ने मुख्य कुराहरू के–के हुन् ?

–मध्यम दरमा मदिराको प्रयोग गर्नुपर्छ । प्रतिदिन एक पेगभन्दा बढी पिउनु स्वास्थ्यको लागि हानिकारक हुन्छ ।

–धूम्रपान बन्द गर्नुपर्छ ।

–आफ्नो दाँतको नियमित देखभाल गर्नुपर्छ, जस्तो नियमित ब्रस गर्ने, चिकित्सकलाई समयसमयमा देखाइरहने गर्नुपर्छ ।

–नियमित प्राथमिक स्वास्थ्य उपचारमा ध्यान दिनुपर्छ । चिकित्सकलाई देखाउने, औषधिको साइड इफेक्टको बारेमा ज्ञान लिने र आफ्नो स्वास्थ्यको आफैं समीक्षा गर्ने काम पनि गर्नुपर्छ ।

–स्वास्थ्य सेवा जाँच, रोकथाम उपाय र खोपहरूको बारेमा आवश्यक परामर्श लिँदै गर्नुपर्छ ।

–पर्याप्त निन्द्रा र स्वच्छ निद्राको प्रयास गर्नुपर्छ ।

–सामाजिक गतिविधिहरूमा संलग्न हुनुपर्छ ।

–स्वैच्छिक सेवामा सकेसम्म संलग्न हुनु राम्रो हुन्छ । कतिपय ज्येष्ठ नागरिकहरू स्वैच्छिक सेवामा नै आनन्द मान्ने खालका हुन्छन् ।

ज्येष्ठ नागरिकका लागि पोषणयुक्त खानेकुरा

जेष्ठ नागरिकका लागि पोषणयुक्त खानेकुरा अत्यन्त आवश्यक हुने गर्छ । मुटु र फोक्सोको रोग, रक्त बाहिनी नलीमा हुने समस्या, मधुमेह, उच्च रक्तचाप, उच्च रक्त कोलेस्ट्रोल, स्ट्रोक, स्मरण शक्तिमा आउने कमी, विभिन्न प्रकारको छालाका रोगहरू, दृश्य सम्बन्धी समस्याको प्रभावबाट बच्नको लागि पनि ज्येष्ठ नागरिकलाई पोषणयुक्त खानेकुराको आवश्यकता पर्छ ।

मानव शरीरमा प्रायः इन्द्रियहरू प्रोटिन, कार्बोहाइड्रेट, फ्याट, भिटामिन, खनिज र पानीबाट बनेका हुन्छन् । फल र तरकारीहरू, विभिन्न किसिमका अन्नहरू, फाइबर समावेश गरिएका सन्तुलित र स्वस्थ आहारहरू लगायत महत्वपूर्ण तत्वहरू शरीरलाई आवश्यक हुन्छ । भिटामिन र खनिज पदार्थको सेवनमा पनि कति मात्रामा खाने भन्नेबारे चिकित्सकसँग समन्वय गर्नुपर्छ ।

खानाको मात्रा र प्रकारभन्दा पनि त्यसको गुणस्तर महत्वपूर्ण कुरा हो । खानाबाट निस्कने क्यालोरीको सेवन शरीरको मेटाबोलिकको आवश्यकताहरूसँग मिल्ने खालको हुनुपर्छ । १५०० देखि २०००को बीचमा दैनिक क्यालोरिक लक्ष्यहरू प्रायः वयस्कहरूमा सिफारिस गरिन्छ । दैनिक आधारमा उपभोग हुने क्यालोरीको मात्राका बारे सचेत हुनु पनि स्वस्थ शरीरको लागि आवश्यक छ ।

उच्च क्यालोरी र सीमित पौष्टिक तत्वहरू पाइने भोजनलाई पनि नियन्त्रण गर्नुपर्छ । जस्तै, सोडास, चिप्स, कुकिज, डोनट, रक्सी आदि खाली क्यालोरीको साथ खपत हुने खाद्य तथा पेय पदार्थका केही उदाहरणहरू हुन् ।

ज्येष्ठ नागरिकको लागि अभ्यास

नियमित शारीरिक गतिविधि र व्यायामले बुढेसकालमा देखिन सक्ने स्वास्थ्य समस्यालाई नियन्त्रण गर्छ । ज्येष्ठ नागरिकले नियमित व्यायाम गर्नाले मुटु रोग, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, मधुमेह, अस्थिरोग, मांसपेशीमा हुने कमजोरी, विभिन्न किसिमका क्यान्सर, डिप्रेसन र स्ट्रोक जस्ता समस्याको नियन्त्रण हुने गर्छ ।

नियमित गरिने अभ्यास निम्न कार्यको लागि लाभदायक छ

–वजन कायम राख्दै अतिरिक्त क्यालोरीहरू आर्जन गर्न

–खराबभन्दा राम्रो कोलेस्ट्रोलको अनुपातमा सुधार ल्याउन

–शारीरिक स्थिरता कायम गर्न

–मुटु, फोक्सो, संवाहन प्रणाली, हड्डी र मांसपेशीको स्वास्थ्यलाई अनुकूलन गराउन

–निद्राको गुणस्तर बढाउन आदि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?