+
+
Shares

क्यानडाले तीन वर्षमा १२ लाख आप्रवासी भित्र्याउने  

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १६ गते १४:००
Photo Credit : Reuters

१६ कात्तिक, काठमाडौं । क्यानडाले अबको तीन वर्षमा १२ लाख आप्रवासीलाई आफ्नो मुलुकमा भित्र्याउने योजना अघि सारेको छ । क्यानडाका संघीय आप्रवासन मन्त्री मार्को मेन्डिसिनोले श्रम बजारमा देखिएको अभाव पूरा गर्न यो योजना अघि सारिएको बताएका छन् । साथै यसको माध्यमबाट मुलुकको अर्थतन्त्रमा पनि सुधारका लागि सहयोग पुग्ने उनको भनाइ छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण अहिले क्यानडाको अर्थतन्त्र र श्रम बजार कमजोर बनेको अवस्थामा क्यानडाले यस्तो योजना ल्याएको हो ।

ओटावामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मेन्डिसिनोले सन् २०२१ मा चार लाख एक हजारलाई स्थायी बसोबासको अनुमति दिने, सन् २०२२ मा चार लाख ११ हजार र २०२३ मा चार लाख २१ हजारलाई यो अनुमति दिने बताएका हुन् । उनले अहिले क्यानडालाई धेरैभन्दा धेरै कामदारहरु चाहिएको र त्यसका लागि आप्रवासन महत्वपूर्ण हुने उनको भनाइ छ । उनले क्यानडाको श्रम बजारमा बाहिरबाट आएका मानिसहरुले महत्वपूर्ण भूमिका निभाइरहेको बताएका छन् ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?