Comments Add Comment

रुसमा एकैदिन थपिए १८ हजारभन्दा धेरै कोरोना संक्रमित

१६ कात्तिक, काठमाडौं । रुसमा पछिल्लो २४ घण्टामा १८ हजार ६६५ नयाँ संक्रमित थपिएका छन् । रुसको कोरोना भाइरस क्राइसिस सेन्टरले आइतबार दिएको जानकारीअनुसार रुसमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित फेला परेका हुन् । पछिल्लो २४ घण्टामा भेटिएकामध्ये पाँच हजार २६१ राजधानी सहर मस्कोमा फेला परेका हुन् । यससँगै रुसमा समग्र कोरोना संक्रमितको संख्या १६ लाख ३६ हजार ७८१ पुगेको छ ।

त्यस्तै रुसमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि २८ हजार नाघेको छ । अहिलेसम्म रुसमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ हजार २३५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र रुसमा कोरोनाबाट २४५ जनाको मृत्यु भएको हो ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment