 
																			१७ कात्तिक, डोटी । डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको ज्यान गएको छ ।
जिल्लाको आदर्श गाउँपालिका–१ बाँझककानीको बाहुन टाककी अन्दाजी ७५ वर्षीया कटि लुहारको अरिङ्गालको टोकाइबाट ज्यान गएको हो ।
गोठालो गएकोबेला आइतबार अपरान्ह ५ बजेतिर अरिङ्गालले टोकेपछि उनलाई उपचारका लागि मौवा नगरदह स्वास्थ्य चौकीमा लगिएको थियो । उपचारपछि घर ल्याइएकी कटिको सोमबार बिहान २ बजेतिर मृत्यु भएको स्थानीय गोबिन्द विकले जानकारी दिएका छन् ।
यहि कात्तिक ११ गते मात्रै डोटीको सायल गाउँपालिका–१ छपालीको रोकाया गाउँका वर्ष ५ र वर्ष ३ का गरी २ बालिकाको अरिङ्गालले टोकेरै ज्यान गएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4