News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मीको चन्द्रकोट गाउँपालिका–८ कालिका गाउँमा बाँदर धपाउने क्रममा अरिङ्गालले टोकेर २५ वर्षीय सञ्जु राना घाइते भएका छन् ।
- मकैबारीमा रुखमा ढुंगा लागेपछि करिब २०/२५ वटा अरिङ्गालले रानाको शरीरका विभिन्न भागमा टोकेको डीएसपी वीरेन्द्रवीर विश्वकर्माले बताए ।
- अरिङ्गालको टोकाइबाट घाइते रानालाई उपचारका लागि मिसन अस्पताल पाल्पा लगिएको छ ।
८ भदौ, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका–८ कालिका गाउँमा बाँदर धपाउने क्रममा अरिङ्गालले टोकेर एक युवक घाइते भएका छन् । घाइते हुनेमा सोही स्थानका २५ वर्षीय सञ्जु राना रहेका छन् ।
मकैबारीमा बाँदर धपाउने क्रममा रुखमा ढुंगा हान्दा अरिङ्गालको गोलामा ढुंगा लाग्न पुगेको थियो । त्यसपछि करिब २०/२५ वटा अरिङ्गालले रानाको शरीरका विभिन्न भागमा टोकेर घाइते बनाएको गुल्मीका डीएसपी वीरेन्द्रवीर विश्वकर्माले बताए ।
अरिङ्गालको टोकाइबाट घाइते रानालाई उपचारका लागि मिसन अस्पताल पाल्पा लगिएको छ ।
गुल्मीमा केही दिन अघि बाँदर धपाउने क्रममा भिरबाट लडेर रेसुङ्गा नगरपालिकामा महिलाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4