+
+
Shares

गोरखाका सीडीओलाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १७ गते १३:५२

१७ कात्तिक, गोरखा । गोरखाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तीर्थराज भट्टराई र उनकी पत्नीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सोमवार प्रजिअ भट्टराईसहित गोरखा नगरपालिकाका १२ जनामा कोरोना संक्रमण पुटि भएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले बताए ।

रुघाखोकी लाग्ने र टाउको दुख्ने लक्षण देखिएपछि परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको प्रजिअ भट्टराईले अनलाइनखबरलाई बताए ।

‘दसैँको बेला परिवार यतै थियौं,’ उनले भने, ‘रुघाखोकी लागेर टाउको दुख्न थालेपछि शंका लाग्यो अनि स्वाब टेष्ट गर्दा रिपोर्ट पोजेटिभ देखियो ।’ यही कात्तिक १४ गते उनको स्वाब संकलन गरेर परीक्षणका लागि पोखरा पठाइएको थियो ।
स्वाब संकलन गर्नु अघिल्लो दिनदेखि नै आफू होम आइसोलेसनमा रहेको प्रजिअ भट्टराईले बताएका छन् ।

‘आम गोरखावासी दाजुभाइ दिदीवहिनीहरुलाई कोरोना संक्रमणबाट बच्नका लागि आवश्यक रणनीति अपनाउन अनुरोध गर्दा गर्दै आफूलाई नै त्यही संक्रमण हुँदा कता कता नमिठो अनुभूति भएको छ,’ उनले भने ।

भट्टराईले आफू र आफ्नी पत्नीको सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउनसमेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?