+
+

बेइज्जत भयो भन्दै काठमाडौ‌ं महानगरले रोक्यो नि:शुल्क खाना अभियान

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १७ गते २२:०२
फाइल तस्वीर ।

१७ कात्तिक, काठमाडौं । आफ्नो बेइज्जत भएको भन्दै काठमाडौं महानगरपालिकाले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानमा रोक लगाएको छ ।

केही अभियन्ताहरुले लामो समयदेखि खुलामञ्चमा कोरोनाका कारण समस्यामा परेका श्रमिक, गरीब र असहायलाई खान वितरण गर्दै आएका थिए । तर महानगरले नगर प्रहरी पठाएर खाना वितरण रोकेको छ ।

तीन दिनअघि नगर प्रहरीले खाना खुवाउने अभियान रोक्न आग्रह गरेको थियो । सोमबार पुनः नगर प्रहरी आएर खाना खुवाउने अभियानमा रोक लगाएको एकजना अभियन्ता बद्रीप्रसाद ढुंगानाले बताए ।

सईको नेतृत्वमा पुगेको नगर प्रहरीको टोलीले ‘मेयरसापको आदेश’ भन्दै खाना वितरणमा रोक लगाएको उनको भनाइ छ ।

महानगरले पनि सार्वजनिक स्थलमा खाना वितरण गर्न रोक लगाएको स्वीकार गरेको छ । प्रवक्ता ईश्वरमान डंगोल भन्छन्, ‘लकडाउनमा समस्यामा परेकाले खान पाउन् भन्ने सबैको भावना र चाहना थियो । मानवीय हिसावले त्यतिबेला त्यो सही पनि थियो, आवश्यक पनि थियो । तर, अहिले बसपार्कमा बाक्लो आवतजावत छ । धुँवाधुालो हुने त्यो ठाउँमा खाना खुवाउनु उपयुक्त छैन, विकल्पको खोजी गर्नुस् भनेका हौं ।’

सडकमै खाना खुवाउँदा सरकारको बेइज्जत भएको महानगरको तर्क छ । डंगोल भन्छन्, ‘यो काम अशोभनीय भयो । यसले कतिपय मानिसलाई अल्छी पनि बनायो । राजधानीकै मुटुमा यस्तो गर्दा के सन्देश जान्छ भनेर नागरिकहरुले पनि प्रश्न गर्नुभयो । नागरिकहरुको त्यही आवाज सुनेर निर्णय गरेका हौं ।’

महानगरले ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ अभियान चलाइरहेको र मानव सेवा आश्रममार्फत सडक मानवहरूको  उद्धार गरिरहेका उनको दबी छ । प्रवक्ता डंगोल भन्छन्, ‘हिजो लकडाउन पनि १० औं हजारलाई खाना खुवाएकै हो । समस्यामा परेकाहरुलाई अहिले पनि वडाहरुबाट राहात दिएकै छौं । त्यसैले यहाँ खाना खान नै नपाएर कसैले मर्नुपर्ने अवस्था आउँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?