
१८ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका ३ जना जिल्ललास्तरीय नेता बाँकेमा पक्राउ परेका छन् ।
जिल्लामा विभिन्न गतिविधि सञ्चालन गरिरहेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
पक्राउ पर्नेमा कालीकोटको नरहरीनाथ गाउँपालिका-६ का २६ वर्षीय भरत विक, सानीत्रिवेणी गाउँपालिका-९ का ३० वर्षीय रामबहादुर तिरुवा र अछामको कमलबजार नगरपालिका-६ का २६ वर्षीय डिम्बरबहादुर शाही रहेका छन् । विक र तिरुवा बाँके जिल्ला सदस्य हुने भने शाही विद्यार्थीका बाँके अध्यक्ष हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4