
१८ कात्तिक, काठमाडौ. । सुनसरीमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा मंगलबार एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१५ बस्ने ४२ वर्षीय गोपाल मगर रहेका छन् । गोपालले आफ्नै श्रीमती ३२ वर्षीया छाया थापा मगरको कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
गोपालको कुटपिटबाट गम्भीर घाइते भएकी छायाको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गोपाललाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4