Comments Add Comment

५ यस्तो स्थिति जसलाई यौन सम्पर्कले आफू अनुकुल बनाउँछ

भनिन्छ, संसारमा यौन नै सबैभन्दा ठूलो शक्ति हो । यौनकै लागि मान्छेले ठूला ठूला त्याग गर्छन् भने ठूला ठूला अपराध समेत गर्छन् । धेरै ठूलाठूला समस्यामा पनि यौनले थकान भुलाउने काम गर्छ । यहाँ पाँच दैनिक परिस्थितिहरूको बारेमा उल्लेख गरिएको छ जसमा यौनले ती परिस्थितिलाई आफू अनुकुल बनाउन सकियोस् ।

पहिलो स्थितिः कामको थकान कम गर्न

कार्यालयबाट ठूलाठूला झमेला बोकेर घर आएका जो कोही पनि घरमा आएपछि आफ्नो दिमागलाई चिन्तामुक्त गराउन चाहन्छ । धेरै दिनसम्म दिमाग बढी चिन्ता र थकानको महसुसले भरियो भने यसले समस्या सिर्जना गर्न सक्छ । त्यस्तो अवस्थामा यौनले हामीलाई थकान र चिन्ता बिर्साउन सक्छ । यस्तो महसुस भएको छ भने तपाईंले आफ्नो पार्टनरसँग केही प्रेमका साथ बिताउनु पर्ने हुन सक्छ । यो विश्वास गर्नुहोस् कि तपाईंलाई यौनले मात्रै यस्तो स्थितिबाट मुक्त गराउन सक्छ । यौनको हतियार प्रयोग गर्नुभयो भने सबै तनावबाट मुक्त भएर तपाईंको मुड तुरुन्त सुधार हुनेछ र तपाईंमा नयाँ ऊर्जा उत्पन्न हुनेछ ।

दोस्रो स्थितिः जब रातमा निद्रा लाग्दैन 

रातमा निद्रा लगाउनको लागि हल्का तातो दूध पिउनु उपयुक्त हुन्छ भनिन्छ । दूधमा निद्रा बढाउने तत्व रहेको हुन्छ । तर दूधले जस्तै यौन सम्पर्क गर्दा पनि निद्रामा देखिएको गडबढी कम गराउन सकिन्छ । रातमा यौन सम्बन्ध राख्नु फाइदाजनक हुन्छ । यौन सम्पर्कले केवल तपाईंको शरीरलाई सन्तुष्ट मात्रै गराउँदैन, शरीरमा राम्रो निद्रा पनि दिलाउने गर्छ । राति यौन सम्पर्क गर्नेले बिहान उठ्ने समयमा एकदम स्फूर्तिको अनुभव गर्न सक्छ ।

तेस्रो स्थितिः जब पतिपत्नीबीच सम्बन्ध बिग्रन्छ

घरमा श्रीमान् श्रीमतीबीच कुराकानी बिग्रन सक्छ । कहिलेकाहीँ लडाइँ समेत हुन सक्छ । यस्तो अवस्थामा सम्बन्ध सुधार गर्न रामवाणको काम गर्न सक्छ यौन सम्पर्क । विविध विषयमा यस्तो स्थिति पैदा हुन सक्छ । तर यस्तो मनमुटावलाई यौन सम्पर्कको एउटा क्षणले कैयौं दिनसम्म बिर्साइदिन सक्छ । त्यसैले पतिपत्नीबीच सम्बन्ध सुधारको लागि समेत यौन सम्पर्क प्रभावकारी हुन सक्छ ।

चौथो स्थितिः जब हामीमा आफ्नै कारण हीनता उत्पन्न हुन्छ

कहिलेकाहीँ हामीलाई आफ्नै शरीरको बनावटका कारण पनि हीनताबोध महसुस भएको हुन सक्छ । मोटा मान्छे होस् या पातलो मान्छे दुवै यस्तो समस्याबाट पीडित हुन्छन् । त्यस्ता मान्छेले आफ्नो मानसिक पीडालाई सदाको लागि भुल्न पनि यौन सम्पर्कको अस्त्र अपनाउन सक्छन् । एउटा सानो हीनताले जटिल समस्या सिर्जना गर्न सक्छ । यस भावनालाई हटाउने उत्तम तरिका भनेको आफ्नो जीवनसाथीसँग विशेष भावनाका साथ यौन सम्पर्क गर्नु हो ।

पाँचौं स्थितिः जब व्यायामको समय मिल्दैन

केही कारणहरूले गर्दा तपाईं नियमित जिम जान सक्नु भएको छैन वा बिहानको पैदल यात्रामा निस्कने फुर्सद पनि पाउनु भएको छैन भने के गर्ने ? त्यसको उपयुक्त विकल्प के होला ? यस्तो अवस्थामा यौन सम्पर्कले पनि व्यायामको काम गर्ने चिकित्सकहरू बताउँछन् । धेरैतिर पढ्न पाइन्छ यौन सम्पर्कपछि शरीरमा धेरै क्यालोरी खपत हुने गर्छ । त्यसैले कुदेर सडकमा पसिना बगाउने वा जिमखानामा पसिना बगाउनु जस्तै ओछ्यानमा पसिना बगाउनु पनि स्वास्थ्यको लागि फाइदाजनक हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment